नेपालमा आज ३२६० संक्रमित,२२९४ निकाेः ३२ जनाकाे मृत्यु

२८ श्रावण २०७८, काठमाडौं– नेपालमा काेराेना संक्रमण दर घट्न सकेकाे छैन । पछिल्लाे समय निकाे हुने भन्दा १ हजार धेरै संक्रमित हुनेकाे संख्या बढ्दै गएकाे छ । गत २४ घण्टामा कोरोना भाइरसबाट ३ हजार २ सय ६० जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षणमा बिहीबार थप २ हजार ४७३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ६५६ परीक्षणबाट ७ सय ८७ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ४६२ परीक्षणमा ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।

यसैबीच २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ ।  पछिल्लाे २४ घण्टामा २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रीय संक्रमितको संख्या ३८ हजार १ सय ८० रहेको छ । नेपालमा निको भएको दर ९३ दशमलव ३ प्रतिशत रहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म १० हजार २ सय १२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post कुलमानको अर्को नाम उज्यालो भन्दै दीप प्रज्वलन
Next post सँधै सीमामा सास्तीः चुनावको वेला मात्र पुग्छन् नेता दुरदराजका गाऊँमा (भिडियो कथा सहित)