सँधै सीमामा सास्तीः चुनावको वेला मात्र पुग्छन् नेता दुरदराजका गाऊँमा (भिडियो कथा सहित)

सीमा क्षेत्र सँधै उपेक्षामा परेकाे स्थानीयकाे गुनासाे

२८ साउन २०७८/डिकेश लामा

झापाको दक्षिण सिमावर्ती क्षेत्रमा बर्षौंं देखि भोग्दै आएको नदि तथा खोलाको सास्ती अझै हट्न सकेको छैन । चुनावको वेला मात्र नेताहरु पुग्ने भारतीय सीमावर्ती गाऊँमा बर्षातमा सामान्य दवाई किन्न जाने पुल वा वाटो नहुँदा डुङ्गाका भर पर्नु पर्ने बाध्यतता छ । झापाको कचनकवल गाउँपालिका वडा नं. १ पिन्डारबारीका झण्डै ढेड सय घर परिवार बर्षात भरी समस्यामा पर्ने गर्दछन् । आफ्नै गाउँपालिकाको कार्यालय आउन समेत भारतीय भूमिको बाटो या विरीङ्ग खोलामा जोखिमपूर्ण डुङ्गाको यात्रा गर्न बाध्य हुनु परेको भार्दुलाल राजबंशीले बताउनु भयो ।

खासगरी भारतीय सीमासँग जोडिएका गौरीगंज, बाह्रदशी, कचनकवल लगायत दक्षिणी भूभागमा बर्षातमा खोला तथा नदिले सास्ती दिएको छ । मानिस विरामी हुँदा सामान्य सिटामोल लिन समेत जोखिम र सास्ती खेपेर हिड्नु परेको सीमावर्ती क्षेत्र बाह्रदशी गाउँपालिका वडा नं. १ का अध्यक्ष शम्भुसिंह राजबंशीले बताउनु भयो ।

कोरोना कहरले गर्दा भारतीय सीमाको बाटो प्रयोग गरेर हिड्न समेत समस्या हुने गरेको छ । विकल्प नभए पछि बर्षातमा जोखिम मोलेर अस्थायी डुङ्गा संचालन गर्नु पर्ने बाध्यता रहेको डुङ्गा संचालन गर्दै आएका मोहन मण्डलले बताउनु भयो ।

संघीयता आए यता बाह्रदशी १ र कचनकवल १ को बीचमा रहेको विरीङखोलामा दुई पटक झोलुङे पुलको शिल्यान्यास भयो । तर शिल्यान्यास भएको पुल अहिलेसम्म नबन्दा जोखिम मोलेर हिड्नु पर्ने बाध्यता रहेको स्थानीयले दुखेसो पोखेका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३२६० संक्रमित,२२९४ निकाेः ३२ जनाकाे मृत्यु
Next post नेपालमा आज ३९१५ संक्रमित,२११८ निकाेः २७ जनाकाे मृत्यु