झापाकाे गाैरीगंजमा जिल्लाकै पहिलो नयाँ शहर बन्दैः शहर बन्न थाले पछि विकासको लहर (भिडियाे कथा सहित)

२९ श्रावण २०७८/डिकेश लामा

पूर्वी नेपालको झापा जिल्लामा पहिलो पटक नयाँ शहर निर्माणको कार्यले तिव्रता पाएको छ । संघीय सरकारको हालसम्मको १४ करोड खर्चमा गौरीगंज गाउँपालिकामा नयाँ शहरका लागि सडक तथा सेट घर निर्माण थालिएका छन् । सरकारले नयाँ शहर निर्माण गर्ने उदेश्यले भारतीय सीमावर्ती क्षेत्रको गौरीगंज बजारमा नयाँ संरचना निर्माण थालेको छ । सघन शहरी विकास कार्यक्रम मार्फत गत बर्ष ३ किलो मिटर ड्रेन सहितको सडक र हटिया लगाउँनका लागि नयाँ सेट घर निर्माण गरेको सघन शहरी तथा भवन निर्माण आयोजना झापाका प्रमुख राजेन्द्र खतिवडाले बताउनु भयो । हुलाकी सडक बन्न थाले पछि भारतीय सिमावर्ती क्षेत्र गौरीगंज बजारको समेत स्तरोन्नती थालिएको हो ।

default

स्मार्ट सिटी बनाउने उदेश्यले पुरानो बजारमा नयाँ संरचना बनाउन थालिएको छ । तर कतिपय स्थानमा निर्माण गरेका संरचना गुणस्तरीय हुन नसकेको स्थानीयले गुनासो पोखेका छन् । नयाँ शहरका लागि चालु आर्थिक बर्षमा थप एक अर्व रुपयाँ बजेट विनियोजन भएको छ । फलस्वरुप नयाँ बजार निर्माणका लागि स्थानीय तह थप जग्गा व्यवस्थापनमा लागेको छ । एक सय विगाह भन्दा ठूलो क्षेत्रमा नयाँ संरचना सहितको नयाँ शहर बनाउनका लागि पालिका पहल गरिरहेको छ । यसका लागि यस अघि नै हुलाकी सडक नजिक गौरीगंजको क्याम्पस आसपास कुरा चलेको भए पनि निश्चित भएको छैन । तर नयाँ शहर निर्माणका लागि आवश्यक जग्गा मिलाउन आफूहरुले पहल गरिरहेको गौरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताउनु भयो । कोरोना कहरका बावजुद पनि जिल्लामा आयोजनाले थालेका योजनाहरु ९५ प्रतिशत भौतिक प्रगति भएको बताइएको छ । तर कतिपय योजना असारे विकासमा परेका कारण गुणस्तरीय हुन नसकेको स्थानीयले गुनासो गर्दै आएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३९१५ संक्रमित,२११८ निकाेः २७ जनाकाे मृत्यु
Next post नेपालमा आज २६३४ संक्रमित, १३२० निकाेः २० जनाकाे मृत्यु