नेपालमा आज २२१२ संक्रमित, १८६७ निकाेः ३३ जनाकाे मृत्यु

३१ श्रावण २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा कोरोना संक्रमितको संख्या घटेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८ पीसीआर परीक्षणमा  थप १ हजार ७ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार १८ परीक्षणबाट ४ सय १९ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १ सय ६ परीक्षणमा २ हजार २ सय १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ३२ हजार २७२ पुगेको छ ।

यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार ८ सय ६७ जना निको भएका छन् । पछिल्लाे २४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३९२९८ रहेको छ । यसैगरी प्रदेश नम्बर एकमा पीसीआर विधि र एन्टिजेनकाे परिक्षणमा ६ सय ६० जनामा काेराेना संक्रमण देखा परेकाे छ । प्रदेश एकमा सवैभन्दा धेरै झापामा १ सय ५० जना संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २६३४ संक्रमित, १३२० निकाेः २० जनाकाे मृत्यु
Next post रोकिएन आवात जावतः दक्षिणी झापाबाट भारतीयहरु खुलमखुल्ला आवातजावत (भिडियाे सहित)