रोकिएन आवात जावतः दक्षिणी झापाबाट भारतीयहरु खुलमखुल्ला आवातजावत (भिडियाे सहित)

कचनकवल गाउँपालिका वडा नं. १ पिण्डाबारीबाट बाह्रदशी १ तर्फ अाउँदै गरेका यात्रु यसबाटाे बाट भारतीयहरू समेत अाउने गरेकाे स्थानीयले बताएका छन् ।

३१ श्रावण २०७८/डिकेश लामा

कोरोना संक्रमण बढिरहेको वेला झापामा अझै पनि खुल्ला सीमाबाट मानिसहरु नेपाल प्रवेश गर्नेक्रम रोकिएको छैन । सरकारले पूर्वी नेपालको काँकडभिट्टा नाकाबाट नेपाली नागरिकको लागि मात्र प्रवेश विन्दु तोके पनि खुल्ला सिमानाबाट मानिसको प्रवेश रोकिएको छैन । सरकारले सीमा क्षेत्रमा कडाई गर्दै आए पनि मानिसहरुको आवात जावत भने रोकिएको छैन । झापाको दक्षिण सीमावर्ती खुल्ला सीमाबाट अझै पनि भारतीय तथा नेपाली दुवै देशका मानिसहरु आवात जावत गर्ने गरेको सीमावर्ती क्षेत्र बाह्रदशी गाउँपालिका वडा नं. १ का अध्यक्ष शम्भुसिंह राजबंशीले बताउनु भयो ।


झापाको १ सय ४४ किलो मिटर क्षेत्रमा ६ वटा पालिका भारतीय सीमासँग जोडिएका छन् । सीमा सुरक्षाका लागि गत बर्ष निर्माण गरिएको ढेड सय हाराहारीमा राखिएका अस्थायी पोष्ट जनशक्तिको अभावसँगै बाढी र पानीका कारण आधा भन्दा धेरै सारिएका छन् । तथापि यस बर्ष वोर्डर आउट पोष्टको संख्या बढाइएकाले सीमा क्षेत्रको व्यवस्थापनमा थप टेवा पुगेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताउनु भयो ।

खुल्ला सिमाना भएका कारण सीमावर्ती क्षेत्रमा नातासम्बन्ध समेत विस्तार भएको छ । जसका कारण मृत्यु तथा विवाह लगायतका कार्यक्रममा पुग्नै पर्ने भन्दै सीमा क्षेत्रमा आवातजावत बढ्दै गएको छ । पछिल्लो समय बढ्दै गएको कोरोना कहरले तेस्रो लहर आउन सक्ने जोखिम बढेको स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । यस्तो वेला भारतबाट नातासम्बन्ध देखाउँदै झापाको दक्षिणी सिमावर्ती क्षेत्रमा आवातजावत नरोकेकाले थप जोखिम हुने स्थानीय अगुवाहरुले बताएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२१२ संक्रमित, १८६७ निकाेः ३३ जनाकाे मृत्यु
Next post नेपालमा आज ३४५१ संक्रमित, २४५८ निकाेः ३५ जनाकाे मृत्यु