७ भदाै २०७८,काठमाडौं– परीक्षण गराउने कमी हुँदा कोरोना भाइरस संक्रमित संख्या पनि घटेको छ । गत २४ घण्टामा देशभर ११ हजार ३२६ जनाको नमूना परीक्षण गराउँदा १ हजार ८ सय १ जना संक्रमित भएका छन् । सोही अवधिमा १ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ३३ पुगेको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ३८३५१ जना रहेको छ ।