
गुणस्तहीन २ हजार लिटर स्यानिटाइजर नष्ट
२७ कार्तिक २०७७, माेरङ–विराटनगरस्थित ग्यालेक्सी डेण्टल एण्ड र्सर्जिकल प्रालिले उत्पादन गरेको स्यानिटाइजर गुणस्तरहिन रहेको र मेथानोल मिसाइएको पाइएपछि करिब २ हजार लिटर स्यानिटाइजर नष्ट गरिएको छ । औषधि व्यवस्था विभागबाट अनुमतिको प्रक्रिया समेत सुरु नगरी उत्पादन गरेर गोदाममा राखिएको अवस्थामा औषधि व्यवस्था कार्यालयले सो स्यानिटाइजर नष्ट गरिएकाे हाे ।
यसैबीच औषधी व्यवस्था कार्यालयको टोलीले सिता आयुर्वेद सुनसरी र मकालु जडिबुटी उद्योग सुनसरीले उत्पादन गरेको स्यानिटाइजर पनि गुणस्तरहीन पाइएपछि जफत गरेको छ । अब उत्पादन गर्न नपाइने र बजारमा पठाइएको स्यानिटाइजर समेत फिर्ता ल्याउने गरी मुद्दा प्रक्रिया अघि बढाइएको औषधि व्यवस्था कार्यालय विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिनुभयो ।
More Stories
गुम्बा चौक नजिकै भर्खरै मोटर साइकल दुघर्टना
१ जेष्ठ २०८२/दमक झापाको दमक वडा नं. ५ गुम्बा चौक दक्षिण पटि अहिले पाउने १२ बजे तिर दुई वटा मोटर...
सरकार र आन्दोलनरत शिक्षकबीच ९ बूँदे सहमति
१७ वैशाख २०८२, काठमाडौँ- सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा आज...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
जलवायुको असर सुपारी खेतीमाः उत्पादनमा गिरावटसँगै मुल्य घट्दा किसान मारमा
२१ चैत्र २०८१/डिकेश लामा नेपालकै सवै भन्दा धेरै सुपारी उत्पादन हुँदै आएको झापा जिल्लामा यो बर्ष उत्पादनमा गिरावट आएको छ...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा...