डा. गोपाल गुरुङबारे पुस्तकको बिमोचन

३ असाेज २०७८, झापा– मंगोल नेशनल अर्गनाइजेशनका केन्द्रीय प्रेसिडेन्ट बुद्ध लाल मेचेद्वरा लिखित ‘महा मानव डा गोपाल गुरुङ’ नाम पुस्तकको शनिबार एक कार्यक्रमको बीच बिमोचन भएको छ । झापाको मेची नगर पालिका २ मा रहेको मंगोल रिसर्च सेन्टरको सभाहलमा मंगोल भिजन राष्ट्रिय साप्ताहिकले आयोजना गरेको एक कार्यक्रमका बीच संगठनका वरिष्ठ केन्द्रीय सदस्यदय शान्तिलाल धिमाल र दिलिप याङ्मा राइले संयुक्त रुपमा उक्त पुस्तकको बिमोचन गर्नु भएको थियो । पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै पुस्तकका लेखक तथा कार्यक्रमका प्रमुख अतिथि बुद्धलाल मेचेले एम एनओका संस्थापक डा गोपाल गुरुङ के कति कारणले महामानव हुनुहुन्छ?  किन उहालाई महा मानव मान्ने भन्ने बारेमा प्रष्ट पार्नु भयो । त्यस्तै उहाँले डा गुरुङको बिषयमा अबको नया पुस्ताहरुले जान्न, बुझ्न सकुन भनेर आफुले पुस्तक प्रकाश गरेको बताउनु भयो ।

कार्यक्रममा संगठनका केन्द्रीय सचिब सन्तोष तामाङ , केन्द्रीय प्रचार सचिब मणि पापो , वरिष्ठ केन्द्रीय सदस्यदय शान्ति लाल धिमाल , दिलिप याङामा , केन्द्रीय सदस्यहरु गणेश राई , अकल तामाङ , श्याम लिम्बू, रिन्छेन तामाङ ,प्रबिना थापा मगर , करण सिह नेपाली , प्रदेश न १ का सचिब सागर राई , मोरङ जिल्ला अध्यक्ष बिकेन बान्तवा , लम्जुङ जिल्ला अध्यक्ष बिकास गुरुङ , रुपन्देही जिल्ला अध्यक्ष कुल वीर घती लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । मंगोल भिजन राष्ट्रिय साप्ताहिकका प्रवन्ध राज कुमार गुरुङको सभा अध्यक्षतामा भएको कार्यक्रममा साप्ताहिकका सम्पादक दिलिप धिमालले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम प्रमुख समचार दाता लासिमहाङ लिम्बुले संचालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ७३४ संक्रमित, १४१३ निकाेः १२ जनाकाे मृत्यु
Next post झापामा बगाएर दुईको मृत्यु