पार्टी एकताको विकल्प छैनः मन्त्री भट्टराई

महाधिवेशनबाट पार्टीकाे विवाद टुङ्गाे लाग्ने जिकिर


३ मंसीर २०७७, झापा
सँस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले बर्तमान अवस्थामा पार्टी एकताको विकल्प नरहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटि सदस्य समेत रहनु भएका भट्राईले आज विर्तामोडमा भएको प्रेश संगठन नेपाल जिल्ला कार्य समिति झापाको सपथ ग्रहण कार्याक्रममा बोल्दै मन्त्री भट्टराईले पार्टी फुटेर बर्तमान सरकारले हासिल गरेका उपलव्धी समेत गुमेर जाने भएकोले सवै मिलेर एकतालाई थप दरिलो बनाएर जान पार्टीको महाधिवेशनबाट टुङ्गो लगाउनु पर्ने बताउन भयो । उहाँले विगतमा कसले के गर्यो भन्दा पनि कसो गरेर राज्यको समृद्धिको मार्गमा जाने हो भन्ने तिर लाग्नु पर्ने बताउनु भयो ।

उहाँले विम्बात्मक शैलीमा नेकपालाई यतिखेर ज्वरो आएको भए पनि कोरोना संक्रमण नभई मौषमी फ्लू भएको भन्दै चाँडै ठीक हुने दावी गर्नु भयो । यसका लागि महाधिवेशनबाट एक दुई कदम अघि पछि सरेर भएपनि एकताको टुङ्गो लगाएर जानु पर्नेमा सवै लाग्नु पर्ने उहाँले बताउनु भयो ।

अर्को प्रसंगमा उहाँले नेपालमा अझै पनि पूँजीवादी सोचका लगानीकर्ताको पक्कडमा धेरै मिडिया रहेकाले विश्वमै नमूनाको रुपमा एकता भएर झण्डै दुई तिहाइ नजिकको मत हासिल गरेको प्रति विभिन्न तवरले खेद प्रकट भईरहेको बताउनु भयो ।

कार्याक्रममा दुई कम्युनिष्ट पार्टीका पत्रकार संस्था मिलेर बनेको प्रेश संगठनका जिल्लाका पदाधिकारीले सपथ ग्रहण गरेका छन् । संगठनका जिल्ला अध्यक्ष मुक्ति पौडेलको सभापतित्वमा भएको कार्याक्रममा राजनैतिक अगुवा, संविधानसभा सदस्य, जिल्लाका अगुवा र पत्रकार संघ संगठनका नेतृत्वहरुको उपस्थिति रहेको कार्याक्रम संचालक टिकाराम उप्रेतीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३५३८ निकाे १४४२ संक्रमित
Next post निकाे हुने संख्या बढ्दै २४ घण्टा २८५८ जना निकाे