खुशीकाे खबर नेपालमा काेराेना कम हुँदै

२५ असाेज २०७८, काठमाडौं– नेपालमा गत २४ घण्टामा ७ सय ८५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १ सय ९५ जनाको नमूना परीक्षण गराउँदा ७८५ संक्रमित भएका हुन् । मन्त्रालयका अनुसार २४ घण्टामा ८ सय ८८ जना डिस्चार्ज भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

यस्तै यता पछिल्लाे समय नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कममा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण दर पाँच प्रतिशतभन्दा कम देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । आइतबार १२ हजार ४ सय ४ जनामा कोरोना भाइरस परीक्षण गर्दा ५ सय ९६ जनामा सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार हिजोको सङ्क्रमण दर कोरोना भाइरसको दोस्रो लहरको शुरुवात पछिकै सबैभन्दा कम हो । पछिल्लो एक महिनाका बीचमा ६० प्रतिशतले सङ्क्रमण घटेको छ । मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ सक्रिया सङ्क्रमित रहेकामा अहिले असोजको पहिलो साता त्यो सङ्ख्या १५ हजार ९४२ पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुकुम्बासी र प्रहरीबीच झडप हुँदा बुटवलमा ४ जनाकाे मृत्यु, प्रहरी, पत्रकार सहित दर्जनाैं घाइते
Next post बैंक लुटपाट गर्न खाेज्ने आशंकामा ३ जना पक्राउ