बैंक लुटपाट गर्न खाेज्ने आशंकामा ३ जना पक्राउ

२५ असाेज २०७८ काठमाडौँ – मोरङमा बैंक लुटपाटमा संलग्न तीन जनालाई पक्राउ गरेको स्थानबाट प्रहरीले सोमबार पेस्तोल बरामद गरेको छ । प्रदेश १ प्रहरी कार्यालयका प्रमुख अरुणकुमार बिसीले धनपालथान गाउँपालिकाको अमाही बरियातीबाट पेस्तोल पनि बरामद गरेको बताउनु भएकाे छ । लुटपाटमा संलग्न रहेकाहरुलाई पक्राउ गरिएको स्थानबाट पेस्तोल पनि बरामद भएको बिसीले जानकारी दिनु भएकाे छ । पेस्ताेल सहित भेटिएकालाइ साेही घटनामा संलग्न हाे कि हाेइन भन्ने कुरा अध्ययन भइरहेकाे बताइएकाे छ । आज सोमबार दिउँसो कर्सिया बजारस्थित सिटिजन बैंकका गार्डमाथि गोली प्रहार गर्दै लुटपाटको प्रयास भएको थियो । कर्सिया बजार बिराटनगरबाट २० किलोमिटर पूर्वमा पर्छ । जबर्जस्ती बैंक प्रवेश गर्ने खोज्ने समूहलाई रोक्न खोज्ने सुरक्षामार्डमाथि गोली प्रहार भएको थियो । घाँटीको पछिल्लो भागमा गोली लागेका सुरक्षा गार्डको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उक्त घटना भएको एक घण्टाभित्र सीमाक्षेत्रमा पर्ने धनपालथानको अमाही बरियातीबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको थियाे । यस अघि साेही समूहले गारमेन्ट पसमा समेत लुटपाट गरेकाे आंशका गरिएकाे प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post खुशीकाे खबर नेपालमा काेराेना कम हुँदै
Next post दशैंकाे मुखमा दुखद खबरःबस खस्दा एउटै भीरमा २४ जनाकाे ज्यान गयाे