शरणार्थीले मनाएनन् कहिले खुशीको दशैं (भिडियाे सहित)

कोभिडले थप पीडा थप्यो शरणार्थीमा

२ कार्तिक २०७८/डिकेश लामा

पारीरिक विखण्डनसँगै कोरोना कहरका कारण भूटानी शरणार्थीहरुको यस बर्षको दशैं खल्लो बनेको छ । कोरोनाले सताएको यो बर्ष आफन्तहरु कोही भूटान त तेस्रो मुलुक पुगे पछि उनीहरुको चाडबाढ समेत खल्लो बनेका उनीहरुले बताएका छन् । ३ दशक देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुले कहिल्यै हर्षोल्लास साथ दशैं मनाउन पाएका छैनन् । २ बर्ष देखि सताएको कोरोना संक्रमण र तेस्रो मुलुक पूनर्वासका कारण परिवारिक विखण्डन भएकाले बर्षौं देखि दशैं मान्न नपाएको एक्लिएका बृद्धाहरुले गुनासो पोखेका छन् ।

आफ्नो देशबाट लखिटिएर पूर्वी नेपालको झापा र मोरङ्गमा बस्दै आएका भूटानी शरणार्थीहरु मध्ये एक लाख १५ हजार शरणार्थीहरु अमेरिका लगायतका अन्य विकसित ८ वटा देशमा पूनर्वास भईसकेका छन् । हाल शरणार्थी शिविरमा धेरै जसो अपाङ्ग, अशक्त र बृद्धबृद्धा रहेकाले उनीहरुको रेखदेखमा समस्या भएको भूटानी शरणार्थी अपाङ्ग संघकी अध्यक्ष देवीमाया गुरुङ्गले बताउनु भयो । दुई बर्ष देखि आएको विश्व महामारीले बाक्लो बसोबास रहेको शरणार्थी शिविरमा चाडबाडले थप चिन्ता थपेको छ । तेस्रो लहर आउन सक्ने जोखिम रहेकाले सवैले सचेत भएर दशैं मान्न शरणार्थी शिविर पथरी शनिश्चरेका शिविर सचीव चम्पा सिंह राईले आग्रह गर्नु भएको छ । सन् १९९० देखि नेपाल प्रवेश गरेका नेपाली भाषी भूटानीहरु पछिल्लो समय दातृ निकायले रेखदेख गर्न छाड्दै लगे पछि समस्यामा पर्न थालेका छन् । ६ हजार हाराहारीमा रहेका भूटानी शरणार्थीको समस्या समाधान गर्न उनीहरुले ३ दशक देखि माग गर्दै आएका छन् ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ५९१ संक्रमित, ९३७ निकाेः९ जनाकाे मृत्यु
Next post नेपालमा आज १०९६ संक्रमित, १००४ निकाेः १२ जनाकाे मृत्यु