
दमकमा जारी प्रथम वडा अध्यक्ष कपकाे दाेस्राे खेलमा आयोजक विजयी (फाेटाे फिचर सहित)
५ पुस २०७८/पर्वत तामाङ
झापाको दमक नगरपालिकामा जारी प्रथम वडा अध्यक्ष कप २०७८ को आज भएको खेलमा आयोजक दमक विजयी बनेको छ । चुलाचुली फुटवल क्लव इलामलाई १ गोलको विरुद्ध २ गर्दै आयोजक दमकले विजय हात पारेको हो ।
खेलको शुरु भएको ३९ औं मिनेटमा डीबक्समा फल्स भए पछि आयोजकले पाएको पेनाल्टीको अवसरलाई सौरभ लिम्बुले गोल गर्न सफल भए । यस्तै खेलको ४६ औं मिनेटमा आयोजककै तर्फबाट टिम क्याप्टेन समेत रहनु भएका सौरभ लिम्बुले १ गोल गरी टिमलाई २ गोलको अग्रता दिलाउनु भयो ।
यता पराजित टीम चुलाचुलीको तर्फबाट खेलको ६१ औं मिनेटमा किस्मत लिम्बुले १ गोल गरेका थिए । खेलमा आयोजक टिमका श्याम मुर्मु म्यान अफ दि म्याच घोषित भएका छन् ।
भोलि कमल गाउँपालिका झापा र पथरी स्पोटिङ क्लब मोरङ्गबीच खेल हुने खेलका सहायक रेफ्री शुशिल तामाङले जानकारी दिनु भयो ।
More Stories
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ ।...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...