0 0
Read Time:3 Minute, 23 Second

१६ माघ २०७८, झापा– नेकपा (माओवादी केन्द्र) दमकले ‘जहाँ समस्या, त्यहाँ माओवादी’ अभियानको थालनी गरेको छ । लामो समय देखि समस्या भोग्दै आएका जनताको समस्या समाधानमा बर्षौं पछि माओवादी पार्टी आए पछि मात्रै जनताका समस्या समाधान हुन थालेको महशुष गर्न पाएका जनतालाई फेरि पनि समस्या भएको स्थानमा तत्काल माओवादी पार्टीका कार्यकर्ता पुगेर समाधान गर्ने योजना बनाइएको नेपला कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) दमक नगर समितिले महाधिवेशनपछि कार्यकर्तामा ऊर्जा ल्याउन एक वर्षे कार्ययोजना ल्याउँदै ‘जहाँ समस्या, त्यहाँ माओवादी’को नारा ल्याएको समितिका अध्यक्ष रवि बस्नेतले बताउनु भयो ।

‘हाम्रो आधार श्रमजीवी र सर्वहारा वर्गका जनता हुन् । उनीहरूको समस्यामा हामी अघि सर्नुपर्छ । उनीहरूको समस्याबाट भागेर पार्टी कहीँ पुग्दैन,’ बस्नेतले भन्नु भयो, ‘त्यही कारण यो अभियानको सुरुवात गरेका हौँ । जनताका साना समस्यामा साथ दिनु हाम्रो दायित्व हो । पार्टीलाई वर्गाीय महत्त्व राख्ने समस्या समाधान र कार्यक्रम निर्माणमा केन्द्रित हुने उहाँले बताउनु भयो ।

यस्तै, माओवादी केन्द्रले एक वर्षे कार्ययोजना नगर समिति बैठकबाट पारित गर्दै स्वास्थ्य, शिक्षा वा रोजगारसँग सम्बन्धित कुनै पनि सामाजिक काममा प्रत्येक वडाले परिणाम देखिने गरी नेतृत्व लिनुपर्ने वा सहयोग गर्नुपर्ने अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । भौतिक पूर्वाधार, विकास निर्माणसँग सम्बन्धित कम्तीमा एक काम प्रत्येक वडाले सम्पन्न गर्नुपर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

यसैबीच नेकपा माओवादी केन्द्र दमक नगर समितिले नगरका दश वटै वडामा वडा कार्यालय स्थापना गरेको छ । माओवादी केन्द्र दमक नगर समितिले आइतबार शहीद दिवसको अवसरमा भर्चुअल माध्यमबाट दशवटै वडा कार्यालय उद्घाटन गरिएको छ । माओवादी केन्द्र प्रदेश–१ अध्यक्ष हर्कबहादुर नेम्वाङ मिक्सोले भर्चुअल माध्यमबाट एकैपटक दशवटा वडा कार्यालय उद्घाटन गर्नु भएको अध्यक्ष बस्नेतले जानकारी दिनु भयो । वडाकार्यालय उद्घाटन गर्दै मिक्सोले पार्टीका स्थानीय तहका कमिटीलाई चुनाव केन्द्रित भएर काम गर्न निर्देशन दिनु भयो । उहाँले जनताका साना–साना समस्या बुझेर काम गर्न पार्टी कार्यकर्तालाई निर्देशन दिनु भएको छ । ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *