नेपालमा आज ५२९२ संक्रमित,८१९१ निकाेः ८ जनाकाे मृत्यु (तालिका सहित)

१७ माघ २०७८, काठमाण्डाैं– नेपालमा आज ५ हजार २ सय ९२ जना नयाँ संक्रमित थपिएका छन् । गत २४ घण्टामा १६ हजार ८८ जनाकाे नमूना परीक्षण हुँदा ५ हजार २ सय ९२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा ८ हजार १ सय ९१ जना निकाे भएकाे मन्त्रालयले जानकारी दिएकाे छ ।केही दिन यता काेराेना भाइरस संक्रमितकाे संख्या बढ्न थाले पनि तीन दिन यता सक्रीय संक्रमितकाे संख्या केही घट्न थालेकाे छ । ४ दिन अघि ९२ हजार हाराहारीमा पुगेकाे सक्रीय संक्रमितकाे संख्या आज ७९ हजार २ सय ७२ मा झरेकाे छ । आज नेपालमा ८ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ७ सय ४३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा जहाँ समस्यामा त्यहाँ माओवादी पुग्ने कार्यक्रमको थालनी
Next post रवि चिसापानी सडक बनाउने भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन् (फाेटाे फिचर सहित)