पत्रकार र प्रेस स्वतन्त्रता विराेधी कार्य गरेकाे भन्दै स्वास्थ्य व्यवसायी प्रसाईंलाई कानुनी कार्वाही गर्न माग
२१ माघ २०७८, झापा–सारासन्देश समाचार
झापाकाे बिर्तामोडमा संचालित बीएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले पत्रकारिताको बद्नामसँगै पत्रकारहरूलाई सार्वजनिक रूपमा दिएकाे धम्की प्रति नेपाल पत्रकार महासंघ झापा शाखा र केन्द्रिय समितिले खेद प्रकट गरेकाे छ ।
अस्पतालबारे एक सञ्चार माध्यममा आएको समाचारको खण्डन गर्न गत बुधवार बिर्तामोडस्थित अस्पतालमा आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुप्रति आक्रोश र सार्वजनिकरूपमा पत्रकारसँग भिड्ने भन्दै चेतावनीकाे भाषा प्रयाेग गरेका थिए । साे विषयलाइ लिएर अाज जिल्लामा बसेकाे झापा शाखाकाे वैठकले पत्रकारकाे विरूद्धमा गरिएकाे यस्ताे हर्कत अभिव्यक्ती तथा प्रेश स्वतन्त्रता प्रति ठाडाे प्रहार भएकाे ठहर गरेकाे छ ।
सञ्चार माध्यममा प्रकाशन भएका समाचारमा चित्त नबुझे न्यायका लागि विभिन्न बाटाहरु हुँदाहुँदै प्रसाईले पत्रकारलाई आक्षेप लगाउनुले सिङ्गो पत्रकारिता र पत्रकारमाथि प्रहार भएको भन्दै शुक्रबार महासंघले बिज्ञप्ती समेत जारी गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ ‘प्रकाशित,प्रशारित समाचारप्रति चित्त नबुझे त्यस विषयमा सम्बन्धित सञ्चार माध्यममा खण्डन प्रकाशन र प्रशारण गर्ने, सम्बन्धित सञ्चार माध्यमबाट उचित सुनुवाई नभए न्यायका लागि प्रेस काउन्सिल र अदालत जान पाउने कानुनी हक हुँदा–हुँदै समग्र पत्रकारिता क्षेत्रको बद्नाम हुने गरी प्रसाईले दिएको भ्रमपूर्ण अभिव्यक्ति र पत्रकारहरूलाई सार्वजनिक रूपमा धम्क्याएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रसाईको उक्त कार्यप्रति खेद जनाउँदै दोषिउपर कारवाहीका लागि महासंघ झापा शाखा जोडदार माग गर्दछ । साथै प्रेस स्वतन्त्रता विरोधी यस्ता हर्कत नदोहो¥याउन सम्बन्धित पक्षलाई महासंघ झापा शाखा सचेत गराउँदछ ।’ यस्तै एउटा संचार माध्यमले लेखेकाे समाचारलाइ अर्काे संचार माध्यमले खण्डन गर्नु पनि पत्रकार अाचारसंहिता विपरित भएकाले संचार माध्यम र पत्रकारलाइ अाचारसंहिता पालना गर्न गराउँन अाग्रह समेत गरिएकाे विज्ञप्तीमा उल्लेख्य छ ।
यस्तै केन्द्रिय समितिकाे तर्फबाट महासचीव राेशन पुरीकाे हस्ताक्षारमा जारी विज्ञप्तीमा प्रसाइंकाे यस्ताे हर्कतले अभिव्यक्ती स्वतन्त्रता र प्रेश स्वतन्त्रता विराेधी कार्य भएकाे भन्दै यस्ताे कार्य गर्नेलाइ सम्बन्धीत निकायबाट कार्वाहीकाे माग गरिएकाे छ ।