१ चैत्र २०७८,काठमाडौं–नेपालमा  गत २४ घण्टामा ८३ जनामा कोरोना भाइरस संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ८३ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा  १ सय  ३० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा कसैले पनि काेराेना संक्रमणका कारण ज्यान गुमाउनु परेकाे छैन । हालसम्म काेराेनाका कारण नेपालमा मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५० जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ७ सय ४७ जनामा झरेकाे छ । याे संख्या पछिल्लाे केही समय यता दिनहूँ घट्नेक्रममा रहेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *