झापामा चियाको क्षेत्रफल घट्दैः २ बर्ष यता झण्डै ४ हजार हेक्टरले घट्यो चियाको क्षेत्रफल (फाेटाे फिचर/तथ्याङ्क सहित)

१ चैत्र २०७८/डिकेश लामा

२ बर्ष अघिसम्म नेपालको सवै भन्दा धेरै चिया उत्पादन क्षेत्र झापामा ११ हजार हेक्टर धेरै क्षेत्रमा चिया खेती हुन्थ्यो । तर पछिल्लो समय आएर झण्डै ४ हजार हेक्टर क्षेत्रफल चिया क्षेत्र घटेको राष्ट्रिय चिया तथा कफि विकास बोर्डले जानकारी दिएको छ । आर्थिक बर्ष २०७५÷०७६ सम्म ११ हजार ४ सय ४३ हेक्टर क्षेत्रफलमा १ करोड ९२ लाख केजी हाराहारीमा चिया उत्पादन हुने वोर्डको तथ्याङ्क छ । तर सो विवरण आर्थिक बर्ष २०७६÷००७७ मा आइपुग्दा ७ हजार ३ सय ४० हेक्टरमा १ करोड ७४ लाख केजीमा झरेको तथ्याङ्क छ ।

पूर्वी नेपालको मुख्य नगदे बालीको रुपमा खेती गर्दै आएको चिया उत्पादन क्षेत्र यसरी धेरै भूभाग र उत्पादन घट्नुले चियामा किसान र चिया उद्यागीहरुको आकार्षण घट्दै गएको छ । बजार विस्तार र मुख्य राजमार्ग क्षेत्रमा जग्गाको मुल्य उच्च हुन थाले पछि चिया बगान क्षेत्र घट्दै गएको राष्ट्रिय चिया तथा कफि विकास बोर्ड झापाका प्रमुख गौरब लुईटेलले बताउनु भयो । खास गरी बजारीकरण र सडक विस्तारले चियाको क्षेत्रफल घटेको उहाँले बताउनु भयो ।


यस्तै साना किसानले समेत चिया बगान क्षेत्र घटाउन थालेका छन् । जिल्लामा १ हजार ९ सय ९३ जना साना किसान चिया उद्यमी रहेका छन् । तर पछिल्लो समय बाटो विस्तार र चिया भन्दा अन्य बाली र घर घरेडीबाट धेरै फाइदा हुन थाले पछि बगान क्षेत्र घटाउँदै लगेको हल्दिबारीको निजी बगानमा लामो समय देखि काम गर्दै आउनु भएका रन्तबहादुर गिरीले बताउनु भयो । चिया कम्पनिमा दर्ता भएका बगानले खेती क्षेत्र मास्न नमिल्ने भए पनि सवै भन्दा धेरै बगान क्षेत्रकै क्षेत्रफल घट््दै गएको छ । खासगरी पुराना बोट र पानी जम्ने जस्ता कारणले विरुवा मर्दै जान थालेकाले पनि चिया क्षेत्र र उत्पादनमा कमि आएको गौरीगंज क्षेत्रको चिया बगानमा काम गर्ने कर्मचारी भक्तप्रल्हाद माझीले बताउनु भयो । माझीका अनुसार दर्ता भएका चिया बगानले क्षेत्र घटाउन नमिल्ने भए पनि विभिन्न कारणले कम हुँदै गएको छ ।

जिल्लामा बर्षेनी चिया क्षेत्र घट्दै गइरहेको वेला गिरीबन्धु टी स्टेटले सट्टा भर्नाका लागि नेकपा एमालेका अध्यक्ष केपी अाेली प्रधानमन्त्री छँदा नै प्रयास थालिएकाे छ । झण्डै साढे सय बिगाह क्षेत्रफल रहेकाे साे बगान हालै सर्वाेच्च अदालतले सट्ट भर्ना दिन निर्णय कार्यन्वयन नगर्न अादेश दिएकाे छ । यस्ता बगान क्षेत्र सट्टा भर्ना गर्ने हो भने चिया क्षेत्र थप घट्दै जाने चिया व्यवसायीले बताएका छन् । कर्मचारीको उचित व्यवस्थापन र चियाको बजारीकरणमा समस्या हुन थाले पछि बगान क्षेत्र समेत घट्दै गएकाले यस प्रति सरोकारवालाले ध्यान दिनु पर्ने चिया उद्यमीले माग गर्दै अाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८३ संक्रमित, १३० निकाे
Next post दमकमा चैत्र ९ गते देखि दमक गाेल्डकप हुने