दमक गाेल्डकपकाे दाेस्राे दिनः गोर्खा व्याइज रुपन्देही विजयी (फाेटाे फिचर सहित)

भाेलि बागमती यूथ क्लव सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच खेल हुने


१० चैत्र २०७८/डिकेश लामा
झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा गोर्खा व्याइज रुपेन्देही विजयी बनेको छ । भारतबाट आएको विदेशी टीम दुर्गापुर सन्डे कोलकतालाई ०–५ गोलको अन्तरमा रुपन्देही विजयी बन्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
गोर्खाब्वाइजको जितका लागि यानिकले ३ गोल गर्न सफल भएका छन् । यस्तै विजयी टीम गोर्खाब्वाइजका लागि सुसन तामाङ र सुनील खड्काले एक÷एक गोल गर्न सफल भएका छन् ।


गोर्खाब्वाइजले खेलको दोस्रो मिनेटमै खाता खोल्न सफल भयो । मैदानको मध्यभागबाट मिक्चेन तामाङ क्रसमा यानिकले गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको २० औँ मिनेटमा यानिकले गोर्खाब्वाइजले अग्रतालाई दोब्बर बनाउन सफल भए । मैदानको मध्यभागबाट आएको बललाई उनले गोलमा परिणत गरेका हुन् । खेलको ५१ औँ मिनेटमा सुसन तामाङले गोल थपे । उनले विपक्षी गोलरक्षक अघि बढ्दा सहज गोल गरे । खेलको ७० औँ मिनेटमा सुनील खड्काले चौथो गोल गरे । खेलको इन्ज्युरी समयमा यानिकले व्यक्तिगत तेस्रो र टिमका लागि पाँचौँ गोल गरेका हुन् ।

खेलमा दुर्गापुरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा घर फर्कियो । दमक नगरपालिका खेलकुद विकास समितिको आयोजनमा दमक वडा नं. ३ स्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा विजयी गोर्खाब्वाइजका यानिक म्यान अफ दि म्याच घोषित भएका छन् । यानिकले १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।


भोलि शुक्रबारको पहिलो क्वाटरफाइनल खेल बागमती युथ क्लब सर्लाही र मनाङमस्र्याङ्दी क्लबबीच हुने आयोजक दमक नगर खेलकुद विकास समिति अध्यक्ष भीमराज चाम्लागाईंले जानकारी दिनु भयो । बागमतीले यसअघि आयोजक दमक–११ लाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।
४ वटा विदेशी सहित १० वटा टीमको सहभागिता रहने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ३५ संक्रमित, २६६ निकाे
Next post नेपालमा आज १८ संक्रमित, २७१ निकाे