दमक गोल्ड कप तेस्रो दिनः बागमतीलाई हराउँदै मनाङ मस्र्याङ्दी विजयी (फाेटाे /भिडियाे फिचर सहित)

भाेलि गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच खेल हुने

११ चैत्र २०७८/डिकेश लामा
झापाको दमकमा जारी दमक गोल्ड कपको आज भएको खेलमा बागमती युथ क्लव सर्लाहीलाई हराउँदै मनाङमस्र्याङ्दीले आफूलाई अन्तिम चारमा सुरक्षित गरेको छ ।
बागमती युवा क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
दमक खेलकुद विकास समितिको आयोजनामा भएको शुक्रबारको खेलमा मनाङको जितका लागि अफिज ओलावलेले दुई गोल र रुपेश केसीले एक गोल गरेका छन् । यस्तै एक गोल भने मनाङले आत्मघाती उपहार पाएको छ । यस्तै बागमतीका लागि विमल घिसिङ र जोमाउलले गोल गोल गर्न सफल भए ।
खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो । खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रतालाई बागमतीले धेरै समय कायम रहन दिएन । खेलको २७ औँ मिनेटमा बागमतीका विमल घिसिङले गोल फर्काएर खेललाई बराबरीमा ल्याउन सफल भए । पहिलो हाफ एक÷एकको बराबरीमा टुंगिएको थियो ।

दोस्रो हाफको सुरुवाती समयमा भने बागमतीले निकै आक्रमक खेल खेल्यो । ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । तर, उसले अग्रताले भने कायम राख्न सकेन । खेलको ६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलको उपहार पायो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलोमार्टिनले आत्मघाती गोल गरे । खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले पुन गोल गर्दै २ गोलको विरुद्ध ४ गोल गर्न सफल भए । बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए ।
आज शुक्रबार भएको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भएका छन् । भोलि शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुने आयोजक समितिका खेल संयोजक मोहन मगरले जानकारी दिनु भयो ।

Damak-3, chulachuli ground

४ वटा विदेशी सहित १० वटा टीमको सहभागिता रहने प्रतियोगिताको विजेताले १३ लाख ११ हजार र उपविजेताले ६ लाख ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवाड र प्रशिक्षकले नगद २१ हजार रुपैयाँ पाउने आयोजक दमक नगर खेलकुद समितिका अध्यक्ष भिम चौंलागाईंले जानकारी दिनु भयो ।

भिडियाे हेर्नका लागि तलकाे लिंक थिच्नुहाेस् ।

दमक गाेल्ड कपबारे खेलकुद समितिका अध्यक्ष भिम चाैंलागाइ के भन्नु हुन्छ ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज १८ संक्रमित, २७१ निकाे
Next post नेपालमा आज ८ संक्रमित, २१० निकाे