नेपालको सवै भन्दा धेरै धान खेती हुने झापामा यतिखेर पनि धमाधम धान कटाइ (फाेटाे फिचर सहित)

१० बैशाख २०७९/डिकेश लामा

झापामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत धान सुपरजोन कार्याक्रम संचालन भए पछि कतिपय किसानले ३ बाली धान खेती गर्न थालेका छन् । मंसीर तथा पुस महिनामा रोपेको धान यतिखेर धमाधम कटाई समेत हुन थालेको छ । वोरो भनिने धान हर्दिनाथ १ प्रजातीको विऊ जाडो महिनामा रोपेको धान चैत्र अन्तिम देखि वैशाख महिनाको दोस्रो सातासम्म काट्ने गरिन्छ । चैतेधान बर्षातमा काट्दा भिज्ने र मुल्य नपाउने कारणले पनि किसानहरुले खेतीको क्षेत्रफल घटाउँदै लगेका छन् ।

गत बर्ष चैते धानको मुल्य भुसकै भाउमा झरे पछि धेरै किसानहरु खेतीमा निराश बनेका छन् । तर केही किसानहरुले चैते धान भन्दा राम्रो मुल्य लिन झापामा बोरो अर्थात जाडो महिनामा लगाउने धान प्रति चासो दिन थालेको यस बर्ष देखि बोरो धान खेती गर्दै आएको सँयुक्त बहुउदेश्य कृषि सहकारी संस्था कमलका अध्यक्ष बलराम गजुरेलले बताउनु भयो । गजरेलका अनुसार माइ पश्चिम झापामा कमलमा आफूहरुले यो बर्ष ढेड विगाह क्षेत्रमा परिक्षणको रुपमा लगाएको धान राम्रो फलेको छ । तर चैत्र अन्तिम साता परेको असिनाले आधा धान भूँइमा झारेकोले केही घाटा भएको बताउनु भयो ।


चैते धान कटाई बर्षात लागे पछि हुने भएकाले धानको मुल्य पाउनै समस्या हुने गर्छ । तर बोरो धान भने यतिखेरै काट्नु पर्ने हुँदा काम गर्ने जनशक्ति र मुल्य दुवै पाउने भएकाले खेतीमा धेरै सहज हुने गरेको कृषि प्राविधिक खिरबहादुर श्रेष्ठले बताउनु भयो । लामो समय कृषि ज्ञान केन्द्र हुँदै प्रधानमन्त्री आधुनिकीकरण धानसुपर जोन क्षेत्रमा कृषि प्राविधिकको रुपमा काम गरेर अवकास लिनु भएका श्रेष्ठका अनुसार चैते धान भन्दा बोरो धानले किसानलाई धेरै फाइदा हुने बताउनु भयो । चैते धान पनि केही अगुवा रोप्न सकियो भने जनशक्ति पाउनुका साथै बर्षातबाट भिज्ने संभवना कम हुने र राम्रो मुल्य समेत पाउने बताउनु भयो ।

बोरो धान नेपालमा न्यून किसानले मात्रै गर्दै आएका छन् । ४ बर्ष अघि देखि झापामा बोरो धान रोप्न थालिएको छ । किसानले सहज तरिकाले हिउँदको समयमा आमदानी लिन सक्ने भएकाले बोरो धान खेतीमा प्रोत्साहन गर्दै आएको धान सुपरजोन कार्यान्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार यो बर्ष जिल्लामा २ सय ५० हेक्टर जतिमा बोरो धान लगाएको र चैते भन्दा यसबाट धेरै फाइदा लिन सकिने हुनाले अव झापामा खाद्य सुरक्षाका लागि भए पनि अनिवार्य दुई बाली धान लगाउनु पर्ने बताउनु भयो ।

नेपालमै सवै भन्दा धेरै झण्डै एक लाख हेक्टर क्षेत्रफलमा धान खेती हुने झापामा बोरो धान रोप्ने किसानहरु समेत बढ्न थालेका छन् । यस बर्ष २ सय ५० हेक्टर हाराहारीमा भएको बोरो धान खेती सवै किसानले गर्ने हो भने खाद्य परनिर्भता हट्दै जाने खेतीमा लागेका किसानको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बगर खेतीका किसानहरू चिन्तित बन्दै (फाेटाे फिचर सहित)
Next post नेपालमा आज १८ संक्रमित, १७ निको