११ वैशाख २०७९,काठमाडौं– नेपालमा पगत २४ घण्टामा १३ जनामा मात्र कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार २ सय ५५ जनामा गरिएको नमूना परीक्षणमा १३ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा २५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २ साता यता काेराेनाकै कारण कसैले पनि ज्यान गुमाउनु परेको छैन । हालसम्म कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५१ जना पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या २ सय ६९ जनामा झरेको छ । यो संख्या पछिल्लो हिजाेकाे भन्दा १ जना बढेकाे हाे ।
