मनोयन दर्तामा ढिलाईः गठबन्धनबाट साना दल बाहिरिए

१२ बैशाख २०७९/बालदिवश तामाङ
झापामा गठबन्धनका मुख्य राजनैतिक दलहरुले मनोनयनमा ढिलाई गरेका छन् । हिजो मनोनयनमा खासै उम्मेद्वारी दर्ता नभकाले आज तोकिएको समय अवधिमा मनोनयन दर्ता नभइसकेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
खासगरी मुख्य सत्तासाझेदारी गठबन्धन दलहरुले उम्मेद्वारी चयन र भागबन्डामा ढिलाई गरेको काराण मनोनयनमा ढिलाई भएको छ । मनोनयनका लागि निर्वाचन कार्यालय परिसरमा समयमा दल र उम्मेदवारको प्रवेश भए पछि वेलुका ९ देखि १० बजेसम्म मनोनयन हुन सक्ने निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ ।
जिल्लाको १५ पालिका मध्ये साँझ ७ बजेसम्म ५ वटा पालिकामा मात्र मनोनयन सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताउनु भयो । रिजालका अनुसार केही स्थानमा एउटै दलभित्र असन्तुष्टी कार्यकर्ताबाट दलभित्रै विवाद गरेको भए पनि सवै स्थानमा शान्तिपूर्ण ढंगबाट मनोनयन भएको बताउनु भयो ।


यस्तै यता झापा जिल्लामा सत्ता गठबन्धनले गरेको सम्झौता अनुसार पूर्ण तालमेल हुन सकेको छैन । कतिपय स्थानमा सत्ता साझेदारी दल र प्रतिपक्ष दल नेकपा एमालेसँग पनि तालमेल भएको छ । यस्तै झापामा गठबन्धनमा रहेका संघीय समाजबादी पार्टी र नेकपा समाजबादीले केही केही वडा बाहेक धेरै क्षेत्रमा एकलरुपमा निर्वाचनमा भाग लिन बाध्य भएको संघीय समाजबादी पार्टी प्रदेश नम्बर एकका अध्यक्ष प्रविन चाम्लिङ्गले जानकारी दिनु भयो । यस्तै यता नेकपा समाजबादी दमक नगर कमिटिका इन्चार्ज हरिप्रसाद नेपालका अनुसार गठबन्धनका नेतृत्वले बाहिर राख्न खोजेकाले गठबन्धन हुन नसकेको बताउनु भयो । गठबन्धनका ठूला दलले नेकपाएसलाई नयाँ दल भएको भन्दै उचित स्थान दिन नकेको र केन्द्रिय गठबन्धनका आधारमा सम्मानजनक स्थान नभकाले आफ्नै पहिचान स्थापना गर्न आफ्नो छुट्टै प्यानलले उम्मेद्वारी दर्ता गरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा आचार संहिता उल्लङ्घन हुँदै (फाेटाे फिचर सहित)
Next post नेपालमा आज २१ संक्रमित, १७ निको