सुरक्षित मतदान स्थल निर्माण (फाेटाे फिचर सहित)
२९ वैशाख २०७९/सारासन्देश समाचार
नेपालको दोस्रो धेरै मतदाता रहेको झापा जिल्लाको अधिकांश २ सय ८६ मतदान स्थल पानीबाट सुरक्षित गर्न सकिने तरिकाबाट निर्माण गरिएको छ ।
१५ वटा पालिकाको विधालय, पालिका भवन र केही सामुदायिक भवन गरी ७ सय ५५ वटा केन्द्रमा व्यालेट बक्स पानी परे पनि नभिज्ने गरी व्यवस्थापन गरिएको निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । व्यालेट वक्सलाई विधालयको छानामुनी पर्ने गरी वा त्रिपाल टाँगेर व्यवस्थित बनाइएकोले पानी परे पनि मत र मतदानको सामाग्री भने सुरक्षित रहने गरी व्यवस्थापन गरिएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुसलीकुमार नेपालले जानकारी दिनु भएको छ ।
झापा जिल्लामा गएको ५ बर्षमा १ लाख ३६ हजार १८ जना मतदाता थप भएका छन् । हाल नेपालकै मोरङ्ग पछि झापा जिल्लामा ६ लाख ४६ हजार २ सय ३४ मतदाता रहेका छन् । जसमा महिलाको संख्या पुरुषको संख्या भन्दा ३ हजार १ सय ८५ धेरै रहेका छन् । महिलाको संख्या धेरै हुुनुले महिलाहरु धेरै सचेत र अग्रिणी रहेको पुष्टि हुने सामाजिक अगुवाले बताएका छन् । तर यता १५ वटा पालिका १४ जनाको मात्र प्रमुख वा अध्यक्ष पदमा उम्मेदवारी परेकाले महिलालाई राजनैतिक दलले अवसर नदिएको महिला नेतृत्वले बताएका छन् ।