झापाका निर्वाचन अधिकृृत विरुद्ध नाराबारी (फाेटाे फिचर सहित)
२ जेष्ठ २०७९/सारासन्देश समाचार
झापामा निर्वाचन कार्यालयका अधिकृत विरुद्ध चर्को नाराबाजी गरिएको छ । निर्वाचन कार्यालयका कर्मचारीले सही तरिकाले मत गणना नगरेको भन्दै उनीहरु विरुद्ध राजनैतिक दलहरु नाराबाजी गरेका हुन् । जसका कारण झापाको गौरीगंज गाउँपालिका र शिवसताक्षी नगरपालिकामा मतगणना स्थगित भएको छ ।
गौरीगंज वडा नं. १ को जम्मा खसेको ३ हजार ८ सय ८ मतमा १ सय ७३ मत धेरै भए पछि विवाद शुरु भएको थियो । धेरै मत कहाँबाट आयो भनेर राजनैतिक प्रतिनिधिले विवाद निकाले पछि मतगणना स्थगित भएको छ ।
यस्तै यता गए रातीबाटै शिवसताक्षी नगरपालिकामा पनि मतगणना स्थगित भएको छ । वडा नं. १ मा कुल खसेको मत ३ हजार ८२ भए पनि ३ हजार २८ मत मात्र गणना गरेर परिणाम घोषणा गरेको भन्दै विवाद राजनैतिक दलले असुन्तुष्टी व्यक्त गरे पछि विवाद बढेको छ ।
गणना स्थगित भएको क्षेत्रमा जिल्ला निर्वाचनको टोली समेत बसेर टुङ्गो लगाउन वैठक बस्ने तयारी थालिएको शिवसताक्षी नगरपालिकाका निर्वाचन अधिकृत ऋषि पौडेलले जानकारी दिनु भयो ।
जिल्लामा यस अघि विर्तामोड र मेचीनगर नगरमापालिकामा विवादकै कारण एक दिन स्थगित भएर मत गणना शुरु भएको छ भने अन्य १३ वटा पालिकामा धमाधम मत गणना भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जानकारी दिएको छ । झापामा ८ नगर र ७ गाऊँ पालिका रहेका छन् ।