२ जेष्ठ २०७९, सारासन्देश समाचार
झापामा स्वतन्त्र उम्मेद्वारले समेत खाता खाेल्न थालेका छन् । बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवारको प्यानल नै विजयी भएको छ ।वडाध्यक्षमा महताब आलम विजयी भएका हुन । उहाँले ७५२ मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका समिम मियाले ५९१ मत प्राप्त गरेका छन् ।
यस्तै महिला सदस्य कल्पना श्रेष्ठ (७५२), दलित महिला सदस्य सुमित्रादेवी मोची (७३५), वडा सदस्यहरु विवेककुमार गणेश (७२०) र बलबहादुर बानियाँ (६८५) मत सहित विजयी बनेका छन् । यता झापामा स्वतन्त्र उम्मेद्वारकाे रूपमा बुद्धशान्ती गाउँपालिकाकाे उपाध्यक्ष पदमा मिमकुमार नेवारले माअाेबादी केन्द्र र एमालेलाइ नै पछाडि पार्दै अग्रता लिएकाे छ । यस्तै कन्काइ नगरपालिकामा प्रमुख पदमै प्रतिस्पर्धामा शेरबहादुर थापा रहेका छन् ।