दमकमा विधार्थीमाझ चुनावः अधिकारी र तामाङ विजयी (फाेटाे फिचर सहित)

१४ जेष्ठ २०७९/सारासन्देश समाचार

झापाको दमक वडा नं. ८ मा रहेको दमक आदर्श वोर्डिङ्ग स्कुलले बालबालिकामा चुनावी प्रकृयाबाट क्याप्टेन र सहक्याप्टेनकाे छनाैट गरेकाे छ ।  यस पटकको निर्वाचनमा मतदाता शिक्षाको अभावमा अधिक मत वदर भएको वेला समय देखि नै बाल विधार्थीमा चुनावी अभ्यास गराउने उदेश्यले विधालयको क्याप्टेन र सहक्याप्टेनको चुनाव गरिएको हो ।

विधालयमा गरिएको निर्वाचनमा चुनाव चिन्ह किताव लिएर उठ्नु भएका कक्षा ८ का विधार्थी अशिम अधिकारी ७० मत ल्याएर विजयी बन्नु भएको छ । उहाँको निकटम् प्रतिद्वन्द्वी टीसर्ट चुनाव चिन्ह लिएर उम्मेद्वार बन्नु भएका दिया कटुवालले ५५ मत प्राप्त गर्नु भएको छ । यस्तै सहक्याप्टेनमा कक्षा ९ का विधार्थी साम्देन तामाङ ७७ मतले विजयी बन्नु भएको छ । उहाँको चुनाव चिन्ह पेन्सिल रहेको छ । उहाँको प्रतिद्वन्द्वी इरेजर चुनाव चिन्ह लिएर उठ्नु भएका सुवर्ण धिमालले २७ मत प्राप्त गर्नु भएको छ ।
विधार्थीमा निर्वाचन के हो र कसरी गर्ने भन्ने ज्ञान दिन तथा लोकतान्त्रिक अभ्यासको पाठ सिकाउन विधार्थीबीच निर्वाचन गरिएको हो । विधार्थीमा हरेक कुरा स्वच्छ प्रतिस्पर्धाबाट गर्दा राम्रो हुन्छ भन्ने शिक्षा दिन पनि चुनाव गरेको विधालयका प्रिन्सीपल तथा सो चुनावको निर्वाचन आयुक्त शेखर कटुवालले बताउनु भयो ।

शुक्रबार कक्षा ४ देखि १० सम्म जम्मा १ सय २६ विधार्थीमा गरिएको निर्वाचमा सहभागी हुन विधार्थी समेत उत्साहित भएका छन् । जम्मा झरेको मत मध्ये एउटा मत मात्र बदर भएको छ । तर यस अघि नेपालमा २०७४ सालमा गरिएको स्थानीह तहको निर्वाचनमा ४ दशमलव १३ प्रतिशत मत बदर भएका छन् भने हालै गत बैशाख ३० गते सम्पन्न निर्वाचनमा कुनै कुनै पदमा १६ प्रतिशतसम्म मत बदर भएको जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिनु भएको छ । यस पटकको निर्वाचनमा कुल मत बदर अधिक बढ्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post धान गोड्ने हाँस खेताला प्रविधिबाट धान उत्पादनमा बृद्धि (फाेटाे फिचर सहित)
Next post बालबालिका लागि ८४ लाख मात्रा खाेप अमेरिकाबाट अनुदानमा आउने