बालबालिका लागि ८४ लाख मात्रा खाेप अमेरिकाबाट अनुदानमा आउने

१४ जेष्ठ २०७८,काठमाडौं- पाँच वर्षभन्दा माथिका बालबालिकालाई लगाउन मिल्ने कोरोनाविरुद्धको खोप आउने भएको छ । कोभ्याक्स सुविधाअन्र्तगत अमेरिका सरकारले ८४ लाख मात्रा खोप फाइजर अनुदानमा दिन लागेको हो ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले पाँच वर्षदेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन मिल्ने खोप आउन लागेको आज जानकारी दिनु भएकाे छ । उहाँले जुन महिनाभित्र खोप आउने बताउनुभयो ।

डा. चौरसियाले ०.५ एमएल पेडियाट्रिक डोज निःशुल्क उपलव्ध गराउने निश्चित भइसकेको बताउनुभयो । सरकाले यसअघि ११ वर्षसम्मका बालबालिकालाई ८४ लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको थियो । सो खोप खरिदका लागि छ अर्बभन्दा बढी खर्च लाग्ने थियाे ।

बालबालिकाहरुलाई खोप खरीद गरेरै भए पनि लगाउने योजनामा सरकार लागि सकेको थियो तर अमेरिकी सरकारले नेपाली बालबालिकालाई निशुल्क खोप उपलव्ध गराउने भएपछि खरिद प्रक्रिया स्थगित गरिएको चौरसियाले बताउनु भयाे । नेपालमा हालसम्म ९६ प्रतिशत एक मात्रा र ८५ प्रतिशतले पूर्ण मात्रा खाेप लगाइसकेकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

यस्तै आज नेपाल नयाँ ८ जनामा काेराेना भाइरस देखा परेकाे छ । हाल नेपाल १ सय १४ जनामा मात्र सक्रीय संक्रमितकाे संख्या रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा विधार्थीमाझ चुनावः अधिकारी र तामाङ विजयी (फाेटाे फिचर सहित)
Next post आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोडः किसानलाई पेन्सन दिनेगरी बजेटको व्यवस्था