अव नेपालमा १०२ मात्र सक्रीय संक्रमित, भारतमा भाइरस बढ्न थालेसँगै सचेत रहन आग्रह

३० जेष्ठ २०७९,काठमाडौं- नेपालमा अब सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय २ जनामा झरेकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ जना निकाे भएसँगै अव देशभर सक्रीय संक्रमितकाे संख्या १ सय २ मा झरेकाे हाे । यस्तै आज कोरोना भाइरसको थप १५ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार २ सय ११ जनामा कोरोना परीक्षण गर्दा १५ जनामा मात्र सङ्क्रमण देखिएको हो । भारतमा पछिल्लाे समय काेराेना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि चाैथाे लहर आउने सक्ने जाेखिम रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । भारतमा संक्रमण बढ्न थालेसँगै सिमावर्ती क्षेत्रमा कडाइ र स्वास्थ्य मापदण्ड पालनामा जाेड दिनु पर्ने स्वास्थ्य मन्त्रालयले अपील गर्दै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अभाव भए पछि महँगो मूल्यमा अवैध मल भारतबाट ल्याउँदै किसानः सभामुखद्वारा सरकारकाे ध्यानाकर्षण
Next post नेपालकै सवै भन्दा धेरै खेती हुने रबरलाई झापामा उद्योगमा लगिँदै (फाेटाे फिचर सहित)