बर्षे अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्छः मुख्य मन्त्री राई (धिमाल जातिका जातिरी पर्वका फाेटाे फिचर सहित)

२ असार २०७९/डिकेश लामा
आगामी साउन महिना भित्र प्रदेश एकको नाम राख्ने कार्यले अन्तिम रुप पाउने बताइएको छ । पूर्वी नेपालमा बसोवास गर्ने आदिवासी धिमाल जातिको जातिरी तथा सिरिजात पर्वको आज हुने समापन कार्याक्रममा प्रदेश नम्बर एकका मुख्य मन्त्री राजेन्द्रकुमार राईले बर्षे अधिवेशनबाट एक नम्बर प्रदेशको नाम टुङगो लाग्ने दावी गर्नु भयो ।
मुख्य मन्त्री राईले यस अघिको सरकारले लामो समयसम्म पनि नामाकरण गर्न नसकेकाले प्रदेशको नामकरणमा ढिलो हुन गएको बताउनु भयो । उहाँले विभेदमा परेका सवै जातिजातिको विकासमा अवको सरकारले नीतिगत रुपमा विकास गर्ने समेत बताउनु भयो ।
यस्तै कार्याक्रममा प्रदेश सांसद कुलप्रसाद साम्बाले आदिवासी धिमाल जातिको विकासमा प्रदेश सरकारले जोड दिनु पर्ने बताउनु भयो । कार्याक्रममा धिमाल जातिको विकासका लागि राज्यबाट आवश्यक सहयोग गर्नु पर्ने बक्ताहरुले माग गरेका छन् । कार्याक्रममा शारीरिक सुसंगठन क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न उपाधि चुमिसक्नु भएका ललित धिमाललाई नगद सहित मुख्य मन्त्रीको हातबाट सम्मान गरिएको छ ।


आदिवासी समूदायका प्रकृति पुजक धिमाल जातिले नयाँ सालको वैशाख २ गते देखि शुरु गरेको जातिरी पर्व आज समापन गर्ने गर्दछन् । समापनको अवसरमा पूर्वी नेपालको मुख्य गरी झापा, मोरङ्ग र सुनसरीमा बसोवास गर्ने धिमालहरुले सामुहिकरुपमा मंगलबारेको ग्रामथानमा भेला भएर जातिय साँस्कृतिक नाचगान, पूजाआजा सहित मेला लगाएर समापन गर्ने पुर्खा देखि नै चलन चल्दै आएको धिमाल जाति विकास केन्द्रका अध्यक्ष लोकबहाहादुर धिमालले बताउनु भयो ।


कार्याक्रममा पूर्वी नेपालका १ सय ८ गाऊँका धिमालहरुको सहभागितामा विविध कार्यक्रम हुने गरेको छ । यस पर्वको अवसर पारेर आज दमक, उर्लाबारी, पथरीशनिश्चरे र वेलबारी लगायतका पालिकाले सार्वजनिक विदा दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post आज धिमालको सिरिजातमा सार्वजनिक विदाः सामूहिक जातिरी मनाइदैँ
Next post नेपालमा आज थप ३४ जनामा सङ्क्रमण देखियाे