नेपालमा आज थप ३४ जनामा सङ्क्रमण देखियाे

३ असार २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको थप ३४ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ६ सय १० जनामा कोरोना परीक्षण गर्दा ३४ जनामा मात्र सङ्क्रमण देखिएको हो । भारतमा पछिल्लाे समय काेराेना संक्रमण बढ्न थालेसँगै नेपालमा पनि चाैथाे लहर आउने सक्ने जाेखिम रहेकाे स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । केही दिन यता नेपालमा पनि सामन्यरूपमा संक्रमितकाे संख्या बढ्न थालेकाे छ ।  भारतमा संक्रमण बढ्न थालेसँगै सिमावर्ती क्षेत्रमा कडाइ र स्वास्थ्य मापदण्ड पालनामा जाेड दिनु पर्ने स्वास्थ्य मन्त्रालयले अपील गर्दै आएकाे छ । नेपालमा अाज १५ जना निकाे भएका छन् भने १ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बर्षे अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लाग्छः मुख्य मन्त्री राई (धिमाल जातिका जातिरी पर्वका फाेटाे फिचर सहित)
Next post ठेकेदारको ढिला सुस्तीले बस्तीमा बाढी पस्ने जोखिम बढ्दै