
हुम्लामा हिँउ ह्वात्तै बढ्याे


२० पाैष २०७७, हुम्ला- नेपालकाे उच्च पहाडी जिल्ला हुम्लामा हिमपात बढेकाे छ । पश्चिमि वायुको प्रभावले देशका कतिपय भागमा वर्षा, हिमपात र शीतलहर हुन थालेकाे हाे।

हुम्ला लगायत कर्णाली प्रदेशको उच्च हिमाली जिल्लाहरुमा हिमपात सुरु भएको छ । हिमपात भएसँगै चिसो ह्वात्तै बढेपछि जनजिवन कष्टकर हुन थालेको छ ।

हिमपातले उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख हिउँले ढाकिएको छ ।
आईतबार दिउँसोबाट हिमपात हुँदा कार्तिक महिनामा छरेको जेठासी बाली राम्रो हुने भन्दै किसानहरु भने खुसी देखिएका छन् ।

हिमपातले चिसो बढेसँगै जिल्लाका सरकारी तथा गैहसरकारी कार्यालयमा काम गर्नै समस्या भएको छ । चिसो बढेसँगै कृषक एकतिर बाली राम्रो हुने भन्दै खुसि छन् भने पशु चौपाया चराउन स्थानीय सकस भएको छ । चिसो बढेसँगै सदरमुकाम सिमकोट आसपासका उच्च स्थानमा आगो बालेर ताप्नेको संख्या बढदै गएको छ ।
