२१ पाैष २०७७, काठमाडौं– नेपालमा दैनिक काेराेना भाइरसबाट निकाे हुनेकाे संख्या बढ्दै गए पछि विश्वकाे सरदर निकाे हुने संख्या भन्दा धेरै भएकाे छ । पछिल्लाे तथ्याङ्क अनुसार ९७ दशमलव ३ प्रतिशत निकाे भएका छन् । गत २४ घण्टामा ५ सय ७८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५५ हजार ६ सय ६६ जना छन् । यसैगरी आज थप ५ सय २२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार ५ सय ५१ जनाको गरिएको पीसीआर परीक्षणमा ५ सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ८ सय ९३ रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *