झापामा जनप्रतिनिधि बनेका ४ जना पत्रकारको सम्मान सहित विदाइ

३२ असार २०७९/सारासन्देश समाचार
झापामा कार्यथलो बनाएर लामो समय देखि पत्रकारितामा गर्दै आएका ४ जना पत्रकारलाई आज एक कार्यक्रमबीच सम्मान तथा विदाई गरिएको छ । पत्रकारिता क्षेत्रमा रहँदा रहँदै गएको बैशाखमा भएको निर्वाचनमा जनप्रतिनिधि बनेका पत्रकारलाई स्वतन्त्र र निष्पक्ष पत्रकारितको मर्यादालाई उच्च बनाउन पत्रकारिता क्षेत्रबाट सम्मान सहित विदाई गरिएको हो ।


नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य बुद्धशान्ति गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अनिल वाग्ले, कमल गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष बन्नु भएका अग्निप्रसाद कोइराला, विर्तामोड नगरपालिका वडा नं. ४ का सदस्य उमेश राउत, माङसेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य सुसन राईलाई सम्मान गर्दै विदाई गरिएको हो । कार्याक्रममा सम्मानित तथा विदाइ हुने संचारकर्मीहरुले पहिले आफूले प्रश्न सोध्ने स्थानमा हुँदा अहिले जवाफ दिनु पर्ने स्थानमा पुगेको बताएका छन् । लामो समय पत्रकारिता गरेकाले समाजको विकासमा आफूहरुले छुट्टै र विशेष प्रकारले ध्यान पुर्याएर काम गर्ने बताएका छन् ।


विर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाको प्रमुख आथित्यमा भएको कार्यक्रममा महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जनप्रतिनिधि बनेका पत्रकारलाई सम्मान पत्र र दोसल्ला ओढाएर विदाई गरिएको छ । नेपाल पत्रकार महासंघको विधान र मापदण्ड बमोजिम राजनैतिक क्षेत्रमा खुलेका सदस्यले तत्काल राजिनामा दिनु पर्ने भएकाले यस अघि नै पत्रकार महासंघबाट राजिनामा दिएर झापाका ४ जना पत्रकार जनप्रतिनिधि बनेका हुन् । उनीहरुलाई पत्रकारिता क्षेत्रबाट सम्मान सहित विदाई गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकको बजेट पारित हुनुको सट्टा विवाद चुलिँदै
Next post नेपालमा आज १३५ जना संक्रमित थपिएः १ जनाकाे मृत्यु