शहरी विकास मन्त्री चौधरी सहितको टोलीले दमकमा ठूला आयोजनाको अनुगमन

ओली झुटको राजनीति गर्नेको डक्टरेट हुनः मन्त्री चौधरी

१३ साउन २०७९/सारासन्देश समाचार
संघीय सरकारको शहरी विकास मन्त्री मेटमणी चौधरीले आज झापामा निर्माणधीन राष्ट्रिय गौरबको आयोजनाको निरीक्षण गर्नु भएको छ । संघीय सरकारको बजेटमा नेपालकै नमूनाको रुपमा दमकका निर्माणधीन १८ तले १ सय मिटरको भ्यूटावर सहित अन्य योजनाको निरीक्षण गर्नु भएको छ । मन्त्री चौधरीले भ्यूटावरको नाम परिवर्तन गर्न मन्त्रालयका कर्मचारीलाई दिर्नेशन समेत दिनु भएको छ । भ्यूटावर भन्नाले हेर्ने स्थान मात्र भनेर चिनिने भएकाले व्यापरिक केन्द्र सहितको भवन बन्ने भएकाले यसको नाम परिवर्तन गर्नु पर्ने उहाँले बताउनु भयो ।
निरीक्षण गर्दै चौधरीले कोरोनाका कारण केही योजना निर्माणमा ढिलाई भएको भए पनि सन्तोषजनक ढंगबाट काम भईरहेको बताउनु भयो । यस्तै उहाँले निरीक्षण तथा अवलोकन पछि पत्रकारसँग कुराकानी गर्दै ५ दलीय गठबन्धन संसदीय निर्वाचन पछिसम्म रहने बताउनु भयो । यो गठबन्धनलाई निरन्तरता नदिँदा ओलीले यस अघि दुइ दुइ पटक संविधान माथि गरेको असंवैधानिक गतिविधि र कार्यले पुनः अवसर पाउने भएकाले पनि लामो समयसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भए पनि गठबन्धन एकजुट हुनु पर्ने बताउनु भयो ।


उहाँले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा भएको पत्रकार सम्मेलनमा ओली एमाले पार्टीका सवै भन्दा धेरै झुटको राजनीति गर्ने नेतामा रहेको दावी समेत गर्नु भयाे । उहाँले ओलीले ८ वटा दलसँग आन्तरिक गठबन्धन गरेको भए पनि आफू एक्लै निर्वाचनमा जाने भन्दै जनता समक्ष भ्रम छर्ने काम समेत गरेको बताउनु भयो । उहँले अाेलीलाइ झुटकाे खेती गर्नेमा डक्टरेट दिँदा फरक नपर्ने समेत दावी गर्नु भयाे । मन्त्री सहित मन्त्रालयका जिम्मेवार पदाधिकारी टोलीले दमक सभागृह, इन्द्रेणी ताल, आदिबासी रंगशाला लगायतको समेत अवलोकन तथा निरीक्षण गरेको छ । पत्रकार सम्मेलनमा ओली सरकारमा हुँदा फाल्गुनन्द नामबाट शिल्यान्यास गरिएको दमकको सवैभन्दा ठूलो सभागृहको नाम शिल्यान्यास हुँदाकै राख्नु पर्ने मन्त्रीले बताउनु भयो । फाल्गुनन्द नामबाट शिल्यान्यास भएको भवन पछिल्लो समय दमक सभा गृह नामाकरण गरिएको छ । यस विषयमा पटक पटक फाल्गुनन्दकै नाम हुुनु पर्छ भन्ने माग गरिँदै आए पनि सुनवाई हुन नसकेको किराती समूदायका अगुवाले बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post झापामा टनेल खेतीमा आकार्षणः वेमौषमी तरकारीबाट राम्रो आम्दानी (फाेटाे फिचर)
Next post नेपालमा आज ४३८ संक्रमितः २ जनाकाे मृत्यु