नेपालमा निकाे हुने बढ्दै, आज पनि ५१३ जना निकाे

२६ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय १३ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५८ हजार ४ सय ४१ जना पुगेका छन् । नेपालमा निको हुने दर ९७ दशमलव ५ प्रतिशत रहेको छ ।

यसैगरी आज थप २ सय ५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ३ सय ९९ जनाको गरिएको पीसीआर परीक्षणमा २ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय १७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ६९९ डिस्चार्ज ३६२ संक्रमित
Next post एकै दिनमा सुनकाे मुल्यमा भारी गिरावट