
२७ पाैष २०७७, काठमाडौं- नेपालमा दुइ दिनमै ३ हजार एक सय प्रति ताेला सुनकाे मुल्यमा गिरावट अाएकाे छ । हिजाे आइतबार तोलामा रु दुई हजार ३०० ले ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २ सयमा कारोवार गर्ने गरी मूल्य निर्धारण गरिएको छ ।

आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आजका लागि तोलामा रु ९१ हजार ७ सय तोकिएको छ । आइतबार तोलामा रु ९२ हजार ५ सयमा कारोवार भएको थियो ।

चाँदी तोलामा रु ४० ले घटेको छ ।आइतबार रु एक हजार २ हजार ७० मा कारोवार भएको चाँदी आज भने रु एक हजार २ सय ३० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ ।
