नेपालमा ५१३ डिस्चार्ज हुँदा ४८८ संक्रमित थपिए

२७ पाैष २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा ५ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । गत २४ घण्टामा ४ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार २६८ संक्रमितको संख्या पुगेको छ । तर निकाे हुने दर बढ्दै गए पछि देशभरी सक्रिय संक्रमितको संख्या भने हाल ४ हजार ३ सय ७३ मात्र रहेका छन् ।

यस्तै पछिल्लाे २४ घण्टामा संक्रमणबाट १० को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ जना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post सुनकाे मुल्य २ दिनमा ३ हजार १ सय घट्याे
Next post मुख्यमन्त्री राई लगायत आठ जनालाई निलम्बन