नेपालमा आज ८८८ जना संक्रमितः १ जनाकाे मृत्यु

३० साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेसँगै मृत्यु हुनेकाे संख्या पनि बढेकाे हाे । पछिल्लो २४ घण्टामा थप ८ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ५ हजार ७ सय ३७ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ७४ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ८७ रहेकाे छ । नेपालमा आज  काेराेना भाइरस संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ८९ जना पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post ३ बर्षकाे डी. कौडिन्य पत्रकारिता पुरस्कार एकैसाथ शर्मा, पाठक र झापालीलाई प्रदान गरिने
Next post काठ सहित ३ वटा मोटर साईकल नियन्त्रणमा