काठ सहित ३ वटा मोटर साईकल नियन्त्रणमा

३० साउन २०७९/झापा
झापाको दमकबाट काठ लोड गर्दै गरेको अवस्थामा ३ वटा मोटर साईकल नियन्त्रण लिइएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले काठ सहित मोटर साइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता प्रहरी नायब उपरिक्षक बसन्त पाठकले बताउनु भयो ।
प्र–०१–०१५ प–६४१, को–३१ प–८२२२ र मे–९ प–९८४९ नम्बरको मोटेसाईकलहरुमा सिसौं जातको गोलिया भारी लगाउँदै गर्दा नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीलाई देखेर काठ तस्कर गर्नेहरु भने फरार भएको बताइएको छ । ३ थान झण्डै २६ क्यु फिट सिसौको गोलिया समेत बरामद गरिएको छ । बरामद काठ र मोटर साईकल इलाका बन वेलडाँगी र प्रहरी कार्यालय दमकमा बुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ८८८ जना संक्रमितः १ जनाकाे मृत्यु
Next post समायोजन भएका स्वास्थ्य कर्मचारीलाई तलब स्थानीय तहबाट दिनु पर्ने