संक्रमण घट्दै प्रदेश एकमा ६ जिल्लामा मात्र संक्रमित

२९ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ४ सय १४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५९ हजार ७ सय ७२ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको छ । यसैगरी आज थप ४ सय ४५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४ हजार १ सय ५४ जनाको गरिएको पीसीआर परीक्षणमा ४ सय ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै प्रदेश नम्बर एकका १४ जिल्ला मध्ये ६ वटामा मात्र काेराेना पाेजिटिभ देखा परेकाे छ । प्रदेशभरी आज २५ जना संक्रमण थपिएकाे प्रदेश नम्बर एक सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।

कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ३७ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post लगातार ओरालो लागेको सुनको मूल्यमा केही बृद्धि
Next post प्रतिनिधिसभा विघटनकाे मुद्दा ‘हेर्दाहेर्दैमा’ थाती : अर्को इजलास शुक्रबार