सिमावर्ती क्षेत्रका विपन्न बालबालिकाहरू विद्यालय छाड्दैः १५ देखि २० प्रतिशत ड्रप अाउट
२१ भदौ २०७९/डिकेश लामा
झापाको दक्षिण सिमावर्ती क्षेत्रका बालबालिकाहरू माध्यामिक तहको शिक्षा पूरा नगर्दै विद्यालय छाड्ने गरेका छन् । विपन्नता र अशिक्षाका कारण खासगरी आदिवासी समूदायका धेरैजसो बालबालिकाले विद्यालय छाड्ने गरेका छन् ।
गरिबी र शिक्षाको अभावमा विद्यालयमा छाड्ने गरेको गौरीगंज वडा नं. १ मा संचालित श्रीराम जानकी आधारभूत विधालयका प्रधानाध्यापक टेकनारायण राजबंशीले बताउनुभयो । ‘धेरैजसतो आदिवासी समु्दाय त्यसमा पनि सन्थाल समुदायका बालबालिका ड्रपआउट हुने क्रम बढेको छ । मुख्यतः अभिभावकमा अशिक्षाले गर्दा नै यो संख्या बढेको हो,’ उहाँले भन्नुभयो ।
अभिभावकले उचित रेखदेख गर्न नसक्दा पनि बालबालिकाले विधालय छाड्ने गरेको उहाँले बताउनुभयो । विद्यालयको समेत उचित व्यवस्थापन हुन नसक्दा बालबालिका विद्यालय जान नमानेको विद्यालय छाडेका अभिभावकले बताएका छन् । विद्यालयले किताब नदिएको भन्दै जान नमानेको अभिभावक सुमिति महतोले बताउनुभयो । शिक्षाकहरूले ध्यान दिएर नपढाउँदा बालबालिका पढ्न जान नमानेको उहाँले बताउनुभयो ।
भारतीय सिमावर्ती क्षेत्र गौरीगंज र झापा गाउँपालिकामा ४७ वटा सामुदायिक विद्यालय रहेका छन् । यस क्षेत्रमा अधिक आदिबासी समूदायका मानिसहरूको बसोवास भएकाले विद्यालय छाड्ने संख्या अधिक रहेको गौरीगंज गाउँपालिकाका शिक्षा अधिकृत केशव भट्टराईले बताउनु भयो । प्रावि तहमा १५ देखि २० प्रतिशत बालबालिकाले विद्याल य छाड्ने गरेको उहाँले बताउउनुभयो । मानवि तहमा भने ५ देखि १० प्रतिशत बालबालिकाले विद्यालय छाड्ने गरेका छन् । यसको मुख्य कारण गरिबी र अशिक्षा रहेको उहाँले बताउनुभयो । बालबालिकालाई विद्यालय पठाउनुकाने सट्टा काममा पठाइने प्रचलन रहेको उहाँको भनाइ छ ।
विपन्न परिवारमा दैनिक रोजगारी नगरी खाना लाउनको व्यस्थापन हुन सक्दैन । जसका कारण श्रमका लागि शिक्षाबाट बन्चित हुनु परेको उनीहरूको भनाइ छ ।