मदन भण्डारी मार्गको बन भित्र सडक निर्माणमा समस्याः झण्डै ५ हजार रुख नहटाए बाटो निर्माणमा ढिलाइ हुने

१२ अशोज २०७९/डिकेश लामा

नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग निर्माणको काम धमाधम हुँदै आएको छ । तर प्रदेश नम्बर एकको ३ वटा प्याकेजमा हुँदै आएको सडक निर्माण बन व्यवस्थापनका कारण समस्यामा आएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा लिइएको मदन भण्डारी मार्गको प्रदेश नम्बर एकमा तिव्ररुपमा निर्माण कार्य भइरहेको छ । तर समयमा सडकमा पर्ने सामुदायिक बनका रुखहरु व्यवस्थापन नहुँदा सडक निर्माणको काममा समस्या आएको सडक निर्माण गर्दै आएको मोतिदान कन्ट्रक्सन कम्पनीका इन्जिनियर प्रल्हाद ढुङगानाले बताउनु भयो । इन्जिनियर ढुङ्गानाका अनुसार अन्यत्र धमाधम काम भइरहेको भए पनि आफूले मार्गमा पर्ने रुख हटाउन गरिएको मागको सुनवाइमा भने ढिलाई भएकाले निर्माणमा समस्या भएको बताउनु भयो ।

चुरे क्षेत्र भएर निर्माण हुँदै आएको मार्गमा विभिन्न सामुदायिक बन भित्रबाट सडक निर्माण गर्ने गरी विस्तृत परियोजना प्रविदेन निर्माण भएको छ । गत बर्ष गरिएको सर्वेक्षण अनुसार ५ हजार भन्दा धेरै रुखहरु हटाउनु पर्ने छ । तर रुख नहटाएकै कारण सडक निर्माणमा ढिलाई भएकाले संघीय सरकारलाई चाँडो वन व्यवस्थापन गर्न दबाव दिने लेटाङ नगरपालिका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनु भयो । यतिखेर सडकको बन क्षेत्र बाहेकका भागहरुमा धमाधम काम भइरहेको छ । तर बनकै कारणले सडक निर्माणमा ढिलो हुने भएकाले वेलैमा संघीय सरकारले ध्यान दिनु पर्ने स्थानीय बासिन्दाले बताएका छन् । स्थानीय अगुवा भूपेश लिम्बुका अनुसार संघीय सरकार अन्तर्गत बन मन्त्रालयले कानुनी प्रकृया पुरा गरेर तत्काल सडक क्षेत्रमा पर्ने रुखहरु हटाउनु पर्ने बताउनु भएको छ ।

गएको बर्ष देखि पूर्वी नेपालको झापा, मोरङ्ग र सुनसरी गरी ३ वटा प्याकेजमा मोतिदान कन्ट्रक्सन सेवा कम्पनीले २ अर्व ३७ करोड रुपयाँमा ठेक्का लिएर ६३ किलो मिटर सडक निर्माण गर्दै आएको छ । कम्पनिको प्रबन्धक निर्देशक विकास गौतमुका अनुसार बाटोमा पर्ने रुखहरुको विवरण बुझाइएको एक बर्ष भइसक्दा समेत समयमा रुख नहटाउँदा कम्पनिको क्षमता अनुसार काम हुन नसकेको बताउनु भयो ।

मोतिदानले पूर्वी नेपालमा निर्माण गर्दै आएको हुलाकी सडकको १३ नम्बर प्याकेजको १४ किलो मिटक कालोपत्रे तोकिएको म्याद भन्दा आधा समय अगाडि नै निर्माण सम्पन्न गरेको छ । उच्च गति र गुणस्तरमा काम गर्दै आएको कम्पनिले संघीय सरकारले रुख नहटाइएको कारण निर्माणमा ढिलो हुन सक्ने भएकाले संघीय सरकारलाइ चाँडाे रूख हटाउन ध्यान अार्कषण गराइने लेटाङ नगरपालिकाका प्रमुख भूपेन्द्रकुमार लावतीले बताउनु भयाे । सो क्षेत्रमा पर्ने रुख बन मन्त्रालयबाट हटाउने प्रकृया पुरा नहुँदा सडक निर्माणमा समस्या भएकाले तोकिएको म्यादमा सडक नबन्लाकि भन्ने संभवना बढेको स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अर्जुनधारामा जारी धनकुटाको महिला टोली सेमिफाइनलमा प्रवेश
Next post नेपालमा आज ४५ जनामा सङ्क्रमण पुष्टि