झापाको पुरानो झापा बजारको मुहार फेरिँदै

१३ अशोज २०७९/डिकेश लामा

झापाको पहिलो सदरमुकाम रहेको राणाकालीन पुरानो झापा बजारको मुहार फेरिएको छ । झण्डै एक सतक इतिहास बोकेको बजारमा हुलाकी सडकमा कालो पत्रे भएसँगै बजारको मुहार पनि फेरिन थालेको हो ।

झापा बजार मुलुकमा राणा शासन हँुदा देखि नै अस्थित्वमा आएको बजार हो । २००७ सालको क्रान्ति पछि ओझेलमा परेको झापा जिल्लाको पहिलो सदरमुकाम रहेको बजार पछिल्लो समय विकास हुन थालेको स्थानीय बूढापाकाले बताएका छन् । मोरङ जिल्ला मातहत रहदै आएको झापा २०१८ सालमा अलग्गै जिल्ला घोषित भयो । जिल्ला अलग भएसँगै सरकारी कार्यालय भद्रपुरमा सरे पछि झापा बजार ओझेलमा पर्न पुगेको हो । तर हालै आएर राष्ट्रिय गौरबको हुलाकी सडक निर्माणले गर्दा बजार क्षेत्रको धेरै विकास भएको गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले बताउनु भयो । शाहका अनुसार भारतीय व्यवसायीहरुको समेत आवातजावत बढ्न थालेसँगै व्यवसायिक कारोवार समेत बढ्न थालेको छ । खासगरी हुलाकी सडकले बजारलाई जोडेसँगै चाँडै पुरानो बजारको नयाँ मुहारमा देख्न पाउने आशा पलाएको बताउनु भयो ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्था देशमा आएसँगै पुरानो बजारमा विकास हुन थालेको हो । यस अघि पराम्पतरागत शैलीका सानासाना टीनका घरहरु विस्तारै महलमा रुपान्तरण हुन थाले पछि आर्थिक कारोवार समेत बृद्धि हुँदै गएको छ । झापा बजारसँग जोडिएर दुई वटा छोटी भन्सार समेत रहेका छन् । तर कर्मचारी व्यवस्थापन र ठूलो कारोवार हुन नसक्दा अझै बजार क्षेत्रको आर्थिक विकास भने हुन नसकेको व्यवसायीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज ४५ जनामा सङ्क्रमण पुष्टि
Next post नेपालमा आज ४५ जनामा संक्रमित थपिए