0 0
Read Time:1 Minute, 21 Second

७ माघ २०७७, मोरङ– प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

बुधafरदेखि शुरु भएको प्रदेश सभा अधिवेशनमा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले पठाउनु भएको पत्र पढेर सुनाएपछि सभामुख प्रदीपकुमार भण्डारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको घोषणा गर्नुभयो ।

नेकपा भित्रको विवादका कारण प्रदेश सभा बैठक संचालनमा अन्यौल भइरहेको बेला बुधबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश प्रमुखको पत्र मात्र पढ्ने गरी बैठक सञ्चालन गर्ने निर्णय भएको थियो ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको र एक अर्कालाई निलम्बन गर्ने कार्य भएकाले प्रदेश सभा अधिवेशन सञ्चालनमा गतिरोध आउने आशंका गरिएको थियो । अधिवेशन स्थगित भएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अन्यौलमा परेको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *