झापामा गह्रा सुधारमा जोडः ठूला गह्राबाट उत्पादन समेत बृद्धि (फाेटाे फिचर)

३ कार्तिक २०७९/डिकेश लामा

कृषि यान्त्रिकरणको पहुँच र विस्तार बढ्न थाले पछि झापाका किसानले खेतका गह्रा सुधारलाई जोड दिन थालेका छन् । पहिले पहिले स–साना खेतका गरामा खेती गर्ने किसानले मेशिनकै कारण ठूल्ठुला गरा निर्माण गरे पछि उत्पादन समेत बृद्धि हुन थालेको छ । सरकारको अनुदानमा केही बर्ष देखि खेतका गह्रा सुधार गरे पछि धान उत्पादन समेत बढेको छ । खेतका साना गह्रालाई सुधार गर्दै ठूल्ठूला बनाएसँगै रोप्न देखि धान थन्काउन समेत सहज भएको किसानले बताएका छन् ।

साना साना खेतका गह्रालाई ठूल्ठूला बनाए पछि उत्पादन बृद्धिसँगै खेती गर्न समेत सहज भएको छ । पछिल्लो समय कृषि उपकरणको प्रयोगले गर्दा धानको उत्पादकत्व समेत बृद्धि भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण धानसुपरजोन कार्यन्वयन इकाइ झापाका प्रमुख रविन्द्र सुवेदीले बताउनु भयो । सुवेदीका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना शुरु हुँदा भन्दा चैतेधान २ सय हेक्टरमा मात्र हुने गथ्र्यो । तर परियोजना संचालन भएको ५ बर्षसम्म आइपुग्दा २ हजार ३ सय हेक्टर क्षेत्रफलमा धान खेती हुन थालेको छ । शुरुमा ४ दशमलव ६० उत्पादकत्व रहेकोमा पछिल्लो समय ५ दशमलव ९६ पुगेको छ । यस्तै बर्षे धान ४ दशमलव ३ उत्पादकत्व रहेकोमा हाल ५ दशमलव ६९ मा पुगेको छ । यसले गर्दा परियोजना आए पछि मेशिन औजारसँगै खेतका गह्रा सुधार र चाक्लाबन्दी कार्याक्रमले बाली उत्पादन समेत बढ्दै गएको उहाँले बताउनु भयो ।

प्रदेश सरकारले केही बर्ष अघि देखि चाक्लाबन्दी कार्याक्रमका लागि गरा सुधार, कृषि औजार खरिद, सिंचाई लगायतमा अनुदान समेत उपलव्ध गराउँदै आएको छ । अनुदान उपलव्ध गराए पछि गौरादहका धेरै किसानहरु आधुनिक खेती प्रणालीबाट खेतीमा लागेको १ सय २५ विगाहमा सामुहिक खेती गर्दै आउनु भएका किसान इच्छाराम सापकोटाले बताउनु भयो । सापकोटाका अनुसार प्रदेश सरकारले दिएको मेशिनबाट कम्पुटर प्रणालीमा गह्रा सुधार धमाधम गरिँदै आएइएको छ । झापा जिल्लामा पछिल्लो समय धान खेतीमा कृषि यन्त्रको प्रयोग बढ्दै गएको छ । धानको विऊ राख्ने देखि काट्नेसम्म मेशिनले नै गर्न थाले पछि खेतका गह्रा सुधारमा समेत किसानले बर्षेनी जोड दिँदै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपाल-चीन सीमा केन्द्रविन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प
Next post अमेरिकी डलरको मूल्य निरन्तर उकालाेः आज हालसम्मकै उच्च