२ कार्तिक २०७९,काठमाडौं– नेपाल-चीन सीमा केन्द्रविन्दु भएर दिउँसो ३ बजेर ७ मिनेटमा ५.९ रेक्टर स्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल-चीन सीमाको सिन्धुपाल्चोकबाट नजिकै केन्द्रविन्दु भएर दुईवटा भूकम्प गएको हो । पहिलो भूकम्प काठमाडौंमा पनि महसुस भएको थियो । दोस्रो भूकम्प ३ बजेर ५३ मिनेट जाँदा ४.५ रेक्टर स्केलको गएको छ । भूकम्पबाट के कति क्षति भयाे भन्ने विवरणा भने आइसकेको छैन ।
