५ पाैष २०७९, झापा– हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह अन्दाजी साढे ४ बजे बाह्रदशी गाउँपालिका वडा नं.१ का ३७ बर्षिय जगत बहादुर भुजेलको मृत्यु भएको हो ।
कचनकवल गाउपालिका वडा नं.१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा घाँस दाउरा गरेर फर्केने क्रममा सामुदायिक वन संग जोडिएको यज्ञ ओलीको खेतमा पसेको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा लामाे समय देखि मानव र हातीबीचकाे द्वन्द्व अन्त्य हुन सकेकाे छैन । १ दशक यता ५५ जना मानिसकाे मत्यु भइसकेकाे छ भने १ दर्जन बढी जंगली हातीकाे मृत्यु भइसकेकाे डिभिजन बन कार्यालय झाापाले जानकारी दिएकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *