दमकमा माटो परिक्षण शिविरः माटाे विरामी हुनेक्रम बढ्दै

६ पौष २०७९/सारासन्देश
झापाको दमकमा ५० स्थानका माटोको परिक्षण गरिएको छ । कृषि ज्ञान केन्द्र झापाको सहयोग र अर्गानिक खेतीमा जोड दिँदै आएको संस्था ओइपीले आयोजना गरेको शिविरमा माटो परिक्षण गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनु भयो । विष्टका अनुसार पछिल्लो समय झापाको ७० प्रतिशत माटो अम्लीय भइसकेको छ । जसका लागि कृषि चुन र प्राङगरिक मलको प्रयोगलाई जोड दिन किसानलाई सुझाव उहाँले बताउनु भयो ।


झापा जिल्लामा गएको बर्षमा गरिएको झण्डै २ हजार हाराहारीको नतिजाले माटो अवस्था विग्रदैं गएको माटो तथा मल परिक्षण प्रयोगशाला सुरङ्गाकी प्रमुख अन्जु बुढाथोकीले बताउनु भयो । दमकमा गरिएको माटोको अवस्थाको नतिजा ५ दिनमा आउने प्राविधिक टोलीले जानकारी दिएका छन् । पछिल्लो समय किसानहरु केही सचेत हुन थाले पछि माटोको जाँच तथा उपचारमा समेत चासो दिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post जंगली हात्तीकाे आक्रमणबाट झापामा एक जनाको मृत्यु
Next post सवै धर्म र सँस्कृतिबीच एकता र सद्भाव हुनु पर्छः प्रदेश प्रमुख खापुङ