सवै धर्म र सँस्कृतिबीच एकता र सद्भाव हुनु पर्छः प्रदेश प्रमुख खापुङ

६ पौष २०७९,सारासन्देश समाचार
नेपालको विविध धर्म र संस्कृतिको विकास र संरक्षणमा सवैकाे एकता र सद्भाव हुनु पर्ने प्रदेश नम्बर एकका प्रदेश प्रमुख पर्शुराम खापुङले बताउनु भएको छ ।
२०२२ को क्रिशमसको अवसरमा आज दमकमा गरिएको कार्याक्रमका प्रमुख अतिथि रहनु भएका प्रदेश प्रमुख खापुङले संघीय गणतन्त्रात्मक राज्य व्यवस्थाले सवै धर्म र संस्कार संस्कृति समान अधिकार दिएकाले सवै एकताबद्ध भएर लाग्नु पर्ने बताउनु भयो । संविधानले हरेक नागरिकले आफूले मन परेको धर्म र सँस्कृति मान्न पाउने अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेकाले सवै एकतामा उभिनु पर्ने उहाँले बताउनु भयो ।


दमक नगर इसाई समाजको आयोजनमा आज दमकमा क्रिश्चियन धर्मावलम्भीले विभिन्न कार्याक्रम गरेका छन् । शान्ति र्याली गरेर सभामा भेला भएका इसाइ समाजले जेष्ठ नागरिकलाई सम्मान समेत गरेका छन् । समाजका अध्यक्ष सुरज लिम्बुकाे अध्यक्षतामा भएकाे कार्याक्रममा इसाइका अगुवाले संघीयता आए पछि क्रिश्चियनहरुको विकासमा राज्यले समेत सहयोग गरेको भन्दै खुशी व्यक्त गरेका छन् । कार्यक्रममा क्रिस्मसकाे शुभकामना साटासाट तथा नृत्य समेत प्रर्दशन गरिएकाे कार्यक्रम संचालक समाजका सचिव पास्टर कुमार तामाङले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दमकमा माटो परिक्षण शिविरः माटाे विरामी हुनेक्रम बढ्दै
Next post झापा गाेल्डकप फाल्गुण अन्तिम सातामा हुने